साप्ताहिक संवाददाता
चलचित्र ‘चौका दाउ’को टोली प्रचारका लागि देश दौडाहामा निष्किएको छ । प्रचारकै क्रममा ‘चौका दाउ’को टोली हेटौंडा पुगेको छ । मंगलबार हेटौडाका पत्रकारहरुसँग साक्षतकार गरेको छ । ‘चौका दाउ’ सनमाजिक कमेडी कथा उठान गरेको चलचित्र हो ।
चलचित्रका निर्देशक पुर्णेन्दु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा चलचित्रमा देखाइएको बताए । चलचित्रकी अभिनेत्री वर्षा राउतले ‘चौका दाउ’ले समाजमा हास्यब्यग्य मार्फत सकारात्मक सन्देश दिनेमा आफू विश्वस्त रहेको बताइन् ।
आफू चार जना कलाकारको दाउमा पर्ने मेजर भूमिकामा रहेको बताउँदै नजानेर गरिने गल्तीले भबिष्यमा आउने अप्ठयाराहरुसँग गर्नुपर्ने सामाना चलचित्रमा रहेको उनको भनाइ थियो ।
कलाकार सन्तोष पन्तले लामो समय पछि आफूले सोचेको र आफूलाई फिटहुने चलचित्रमा काम गरेको भन्दै मुख्य जिम्मेवारी चलचित्रमा बहन गरेको बताए । उनले पहिलो पटक चलचित्रको प्रोमोशनका लागि हिँडेको बताउँदै यस्ता टुर कार्यक्रमले प्रत्यक्ष रुपमा आफूलाई पत्रकार र दर्शकसँग नजिक हुने वाताबरण बन्ने बताए । ‘चौका दाउ’ पुस २७ गते देखी प्रर्दशनको प्रचारमा छ ।