साप्ताहिक संवाददाता
पुस १९, २०७५
पछिल्लो समय चलचित्र प्रदर्शनका लागि अनेकौँ फण्डा अनपाउन थालइएको छ । आगामी माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र गोपीले आफ्नो प्रचार लाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ ।
केही समय अगाडी मात्रै नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर चलचित्रले पोखरामा प्रचार सुरु गरेको हो । ‘पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ ।
त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले चलचित्रकोे प्रचार हट एयर बलुन मार्फत गरेका हौँ’, चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेलले भने ।
विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्र दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।