साप्ताहिक संवाददाता
नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवाल भारतको पश्चिम बंगालस्थित जय गाउँ (भुटानको सिमा) मा पनि पुगेका छन् । डेविडको नीलडेविड्स इन्टरनेशनल यूनिसेक्स सलूनको ६० औं शाखाको आज बुधवार नीलडेविड आफैंले रिबन काटेर उद्घाटन गरेका हुन् ।
सन् २०१९ को पहिलो सलून ईन्जिनियर सुनिल अग्रवाल र रिम्पल अग्रवालले करिव २५ लाख भारतीय रुपैयाँ खर्च गरेर नीलडेविड्स ब्राण्डको फ्रेन्चाइज सलून खोलेका हुन् ।
नीलडेविड्स ब्राण्डले यतिबेला भारतमा राम्रो छाप छोड्दै गएको छ । यसका साथै नीलडेविडले नेपाली हेयर स्टाइलिष्ट भएर नेपाललाई पनि चिनाइरहेका छन् । सन् २०२२ सम्ममा भारतमा एक सय वटा सलून खोल्नका लागि नीलडेविडले दिल्लीको शिवमाया ग्रुपसंग सम्झौता गरिसकेका छन् ।
यसका साथै भिनस इन्टरनेशनल ग्रुपले पनि भारतको उत्तर प्रदेशका लागि मास्टर फ्रान्चाइज लिए लगत्तै यही जनवरी १५ ताजमहलस्थित आग्रहमा पनि नीलडेविड्स सलून उद्घाटन हुँदैछ । यसबाहेक भारतको नोयडा, गाजियावाद, झाँसी, मीरुत तथा लखनउमा पनि नीलडेविड्स सलून सञ्चालनको तयारीमा छन् ।
नीलडेविड्सको ब्राण्ड अब नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय हुँदैछ भने नेपाली ब्राण्डको रुपमा बिस्तारसमेत भैरहेको छ ।