साप्ताहिक संवाददाता
पुस १९, २०७५
डीएस डिजिटलको ब्यानरमा बन्न लागेको चलचित्र ‘घर’ अभिनेत्री सुरक्षा पन्त फाइनल भएकी छन् । चलचित्रमा अभिनेता अर्पण थापा यस अघिनै फाइनल भएका थिए ।
शर्मिला पाण्डे र दिपेन्द्र के खनालको निर्माण रहने चलचित्र अभिनेता तथा निर्देशक अर्पण थापालेनै निर्देशन गर्दै छन् भने सह–निर्मातामा सन्तोष अधिकारी रहेका छन् । चलचित्रको कथा समेत अर्पणलेनै लेखेका हुन् ।
निर्मात्री पाण्डेले यसअघि चलचित्र ‘लभ लभ लभ’ र ‘चंगाचेट’ निर्माण गरेकी थिइन् । माघबाट फ्लोरमा जाने भनिएको चलचित्र पूर्णतया हरर कथामा आधारित हुनेछ । चलचित्रका लागि एक नायिकासँगै अन्य कलाकारको खोजी भइरहेको निर्माण पक्षले बताएको छ ।