साप्ताहिक संवाददाता
पुस २०, २०७५
पुरानो चलचित्र ‘देउता’को गीत ‘वीरविक्रम–२’ले रि–मेक गरेर प्रयोग गरेको छ । इन्द्रजीत मिजार र भारती घिमिरेको स्वरमा रहेको ‘पिरतीको मिठो तिर्सना...’ बोलको गीतलाई ताराप्रकाश लिम्वू र मेलिना राईले रि–मेक गरेका छन् ।
रञ्जित गजमेरको संगीत रहेको गीतमा शब्द कुुशुम गजमेरको छ । गीतको भिडियोमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन फिर्चड छन् । ‘देउता’मा राजेश हमालले अभिनय गरेका थिए ।
रिलिज डेट घोषणा नगरिएको यो चलचित्र मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रको कथा प्रदीप भारद्वाजले कथा लेखेका हुन् । अर्पण सापकोटा चलचित्रका सह–निर्माता हुन् ।
गीतको भिडियो :