साप्ताहिक संवाददाता
पुस १३ गते : जसलाई मैले गायकबाट कलाकार बनाएँ, मेरो सानो अनुरोधलाई स्वीकार गरेर दाइले जिरे खुर्सानीको १०/१५ भागमा अभिनय गर्नुभयो, विदेशमा कार्यक्रम गर्न जाने दाइको धेरै ठूलो धोको थियो, मैले पहल गर्छु पनि भनेको थिएँ, तर असफल भएँ । मलाई यो सधैं खड्किरहनेछ । घाँस काट्ने खुर्केर, गयो जोवन रोग लागेर । वैकुण्ठ बास होस् बुद्धि दाइ— हार्दिक श्रद्धाञ्जली ।
पुस १४ गते शनिबार : काका जापान, भतिज चाइना, जिन्दगीमा केही छैन ।
पुस १५ गते आइतबार : हेल्लो जापान सुजकवा, गलकोट समाजको कार्यक्रम, यो मुन्द्रेबाट हुनेछैन धोका, हाँस्न र नाच्न पर्छका, आजै दिउँसो ४ बजे होका ।
पुस १५ गते आइतबार : संसारभर रहनुहुने सम्पूर्ण आदरणीयहरूमा तमु ल्होसारको धेरै–धेरै शुभकामना ।
पुस १५ गते आइतबार : कहिले भ्वाइस अफ नेपाल, कहिले जितु नेपाल ।
पुस १५ गते आइतबार : अरू देशमा चन्द्रमाबाट फर्केर आउनेको भव्य स्वागत हुन्छ, हाम्रो देशमा जेलबाट फर्केर आउनेको भव्य स्वागत हुन्छ ।
पुस १६ गते सोमबार : विशेष श्रृंखला, हेर्दा आनन्द नहेर्दा पछुतो । आज राति मात्र नेपाल टेलिभिजनमा र आमा अग्निकुमारी मिडियामार्फत युट्युबमा संसारभर ।
पुस १६ गते सोमबार : चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
पुस १६ गते सोमबार : मेरा सम्पूर्ण आदरणीय शुभ चिन्तकहरूमा नयाँ वर्ष २०१९ को तुलनामा सबैको भलो चाहन्छु, सबै हाँसेको देख्न चाहन्छु ।
पुस १७ गते मंगलबार : जय टोपी, राखिदेऊ संसारभरका नेपालीभाषी नेपालीहरूको दिमागलाई छोपी ।
पुस १७ गते मंगलबार : यो मेरो आइडी होइन । कोही पनि भ्रममा नपर्नुहोला । यसरी अरूको बदनाम गर्नेलाई कसरी कारबाही गर्न सकिन्छ सल्लाह पाउँm । पहिले कृपया तुरुन्त हटाउन अनुरोध ।
पुस १८ गते बुधबार : आज टोकियोमा तीन भाइको धमाका, हाँसौं, नाँचौं र धेरै बाँचौं ।