साप्ताहिक संवाददाता
पबलाई मिनी बारका रूपमा चिन्न सकिन्छ जहाँ हामी अल्कोहलिक, ननअल्कोहलिक पेयका साथ बिभिन्न परिकारको स्वाद लिन सक्छौं । पबमा लाइभ डिजे म्युजिक, डान्स फ्लोर तथा आकर्षक लाइटको संयोजन हुन्छ जसले गर्दा मानिसहरू आफ्नो समयलाई थप मनोरन्जक बनाउन सक्छन् । पबसँग कुनै मेम्बरसिप कार्ड हुँदैन् ।
नेपालमा १८ वर्षमुनिकाले पबमा प्रवेश गर्न पाउँदैनन् । यहाँ खासगरी १८ देखि ४५–५० वर्ष उमेर समूहका व्यक्तिहरूको भीड लाग्छ । पबमा स्वदेशी तथा विदेशी सबै किसिमका मानिस पुग्ने गरेका छन् । यहाँ आफ्नो जोडीसँग खाँदै, पिउँदै डान्स गर्न सकिन्छ ।
नाइट क्लबमा जस्तै यहाँ प्रवेश गर्न भने निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । काठमाडौंमा पबको संख्या निरन्तर बढिरहेको छ । यस बाहेक पोखरामा पनि पब खुल्ने क्रम बढिरहेको छ । बिभिन्न ब्यान्डले पबमा सांगीतिक प्रस्तुति दिँदै आएका छन् ।