बलिउड अभिनेत्री क्याट्रिना कैफ रेमो डिसुजाको डान्स प्यार्टनको आगामी चलचित्रमा राम्रै पारिश्रमिक लिएर केही साताअघि मात्र अनुबन्ध भएकी थिइन् । वरुण धवन र क्याट्रिनालाई मुख्य भूमिकामा अनुबन्धित गरेको निर्माण टिम छायांकनमा जाने अन्तिम तयारी गरिरहेका बेला अभिनेत्री क्याट्रिनाबाट अचम्मको सरप्राइज आएको छ ।
कुरा के भने स्क्रिप्ट पढेर केही पारिश्रमिकसमेत लिएकी क्याट्रिनाले एक्कासि यो चलचित्रमा काम नगर्ने बताइन् । क्याट्रिनाले यसलाई आफ्नो व्यक्तिगत कारण बताए पनि उनी आफ्नो नयाँ चलचित्र भारतको ब्यस्त सेडुअलका कारण यो चलचित्र छोड्न बाध्य भएकी हुन् । सलमान खानको दबाबमा उनले यो चलचित्र छोडेकी बताइन्छ ।
सलमानले उनीसँग भारतको काम सकिएपछि मात्र अन्य प्रोजेक्टमा काम गर्न आग्रह गरेका छन् । अहिले भारतको छायांकन भैरहेको छ । क्याट्रिनाले एकाएक चलचित्र छोडेपछि निर्माण टिमले अब कुन अभिनेत्रीलाई इन गराउँछ, त्यो भने हेर्न बाँकी नै छ ।