नयाँ वर्षमा सबैको आ–आफ्नै किसिमको संकल्प हुन्छ, तर जेनी पार्कको संकल्प भने अनौठो थियो । युरोपमा खोलिने युरो मिलियन चिट्ठा जित्ने बेलायतकै कान्छी व्यक्ति भएपछि जेनीतर्फ धेरैको ध्यान आकृष्ट भएको थियो ।
२३ वर्षीया जेनीलाई चिट्ठामा पाएको करोडौं रुपैयाँ केमा खर्च गछ्र्यौ भनेर सोध्दा उनले आफ्नो पुठ्ठालाई आकर्षक बनाउन शल्यक्रिया गर्ने बताएकी थिइन् ।
सन् २०१८ मै आफ्नो पुठ्ठा सामाजिक सञ्जालबाट देखाउने बचन दिएकी जेनीले धेरै शल्यक्रिया गरेको तर त्यो आकर्षक आकारमा नआएका कारण देखाउन पाइनन् ।
आफुले गरेको वाचाअनुसार प्रशंसकलाई ढाँटेको मानेर उनले हालै स्याम्पेन बोकेर आफ्नो पुठ्ठा सार्वजनिक गरेकी छिन् । जेनीले १७ वर्षको उमेरमा पुरस्कार बापत पाएको १० लाख पाउन्ड (१४ करोड १० लाख रुपैयाँ) मध्ये ५० हजार पाउन्ड (७० लाख ५० हजार रुपैयाँ) पुठ्ठा, स्तन तथा दाँत राम्रो बनाउने शल्यक्रियामा खर्च गरिसकेकी छिन् ।