साप्ताहिक संवाददाता
गायिका रेखा भट्टराई म माया लाउँदिन भन्दै बजारमा निस्किएकी छिन् । गायिका भट्टराईले आफ्नो नयाँ गीत मार्फत यस्तो अभिव्यक्ति दिएकी हुन् । यसै साता गायिका भट्टराईको ‘म माया लाउँदिन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
ललितपुरको पुल्चोकस्थित कलानिधी संगीत बिद्यालयमा आयोजित एक समारोहमा लक्ष्मीराज दाहालको शब्द तथा प्याट्रिक सिटिङको संगीतको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गायिका लोचन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भिडियोसँग सम्बन्धित कलाकार तथा प्राविधिकलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सार्वजनिक गीतको म्युजिक भिडियोलाई प्रदिप सिं थापाले निर्देशन गरेका हुन् । राज तिमल्सिना र मोनिका दाहालको अभिनय रहेको भिडियोमा अनिल जिसि र राजन बुढाथोकीको छायांकन छ । डान्सिङ नम्बरको उक्त भिडियोमा मनराम केशी र संगिता श्रेष्ठको कोरियोग्राफी छ ।
म माया लाउँदिनको म्यूजिक भिडियो :