साप्ताहिक संवाददाता
नयाँ वर्षको पूर्वसन्ध्याको राति जब घडीले १२ बजेको संकेत गर्यो, धेरै प्रेमी–प्रेमिकाले आपसमा चुम्बन गरे । यद्यपि मध्यरातमै किन बढी चुम्बन हुन्छ भनेर एउटा शोध भएको छ । जर्मन र अंग्रेजहरूको एउटा दन्त्यकथामा नयाँ वर्षको पहिलो पलमा असल मन भएका व्यक्तिहरूलाई पहिलो पटक भेट्दा वर्षभरि नै उसको साथ छुट्दैन भन्ने मान्यता छ ।
जसका कारण घडीले १२ बजाउँदा अँगालो मारेर चुम्बन गर्दा वर्षभरि नै साथ छुट्दैन भन्ने मान्यता बढ्दै गएको पाइन्छ । रोमन सभ्यताका बेला डिसेम्बर महिनामा मदिराका उत्सवहरू महिनाभरि नै चल्थे । त्यति बेला नयाँ लुगा लगाएर विपरित लिंगीलाई मोहित तुल्याउने काम पनि हुन्थे ।
किस स्टोरीका लेखक जोवानी वानानले आफ्नो पुस्तकमा रोमन सभ्यतामा नयाँ वर्षको अघिल्लो रात हुने प्रेमको क्रियाकलाप अहिले चुम्बनमा परिणत भएको उल्लेख गरेका छन् ।