साप्ताहिक संवाददाता
रीमा केसी अमेरिकी नेपाली समाजमा चिनिएकी मोडल हुन् । उनले नेपालीसँगै अन्तर्राष्ट्रिय र्याम्पहरूमा समेत क्याटवाक गरिसकेकी छिन् । ग्लाम फोटो क्यालेन्डर–२०१८ की प्रमुख मोडल रीमा नयाँ वर्ष–२०१९ मा पनि कैद भएकी छिन् । नयाँ थिममा खिचिएको उनको तस्बिर यतिबेला अमेरिकाको नेपाली समुदायमाझ चर्चामा छ ।
पेसाले नर्स भए पनि उनले आफ्नो मोडलिङ करिअरलाई समेत निरन्तर अघि बढाइरहेकी छिन् । केसीले र्याम्पदेखि पेपर एड तथा म्युजिक भिडियो मोडलका रूपमा आफूलाई स्थापित गराइसकेकी छिन् । अमेरिकामा हुने फेसनलगायत अन्य सांगीतिक कार्यक्रमहरूमा उनको प्रस्तुति हुने गरेको छ ।
झन्डै १० वर्षअघि अमेरिका आएकी रीमाले आफ्नो पेसासँगै मोडलिङलाई अहिलेसम्म पनि निरन्तरता दिइरहेकी छिन् । ‘पहिलेदेखिको रुचि विदेशमा आएर पनि पूरा गर्न पाउँदा खुसी लागेको छ,’ रीमाले भनिन् । स्टाइलिस्ट पहिरनकी सौखिन रीमा ५ फिट ७ इन्च अग्ली छिन् ।