साप्ताहिक संवाददाता
दुई दशकदेखि पत्रकारितामा संलग्न श्रीष भण्डारीको ‘अठोट’ पुस्तक प्रकाशित भएको छ । सरल भाषामा लेखिएको यो पुस्तक १८ अध्यायमा बाँडिएको छ । सबै उमेर समूहका व्यक्तिले यो पुस्तक पढेर ज्ञान हासिल गर्न सक्छन् ।
हरेक अभिभावकले कसरी आफ्ना बालबालिकाहरूलाई स्याहार्ने, रेखदेख गर्ने, संस्कार दिने, शिक्षा दिक्षा दिने, यसबारे जानकारी दिन पुस्तकले मद्दत गर्नेछ । आफ्ना आनीबानी कसरी सुधार्ने, परीक्षाका बेला कसरी तयारी गर्ने, पढाइमा कसरी रुचि जगाउने, रिस कसरी नियन्त्रण गर्ने, कस्तो साथी छनौट गर्ने जस्ता विषयमा यो पुस्तकले ज्ञान दिन्छ ।
संसारका प्रख्यात व्यक्तिहरू कन्फ्युसियस, सोक्रेटस, अब्राहम लिंकन, अल्बर्ट आइन्स्टाइन, आइज्याक न्युटन, गिजुभाइ, गौतम बुद्ध, चाल्र्स डार्बिन, जेके रोलिङको रोचक जीवनी समेटिएको यो पुस्तक बालबालिका र अभिभावक दुवैका लागि पठनीय छ । इटर्नल पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ छ ।