साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसी अमेरिका उडेका छन् । गत मंगलबार मध्यराती उनी अमेरिका उडेका हुन् । चलचित्र ‘ए मेरो हजुर ३’को एक गीत छायांकनका लागि उनी अमेरिका उडेको बताइएको छ । ‘ए मेरो हजुर ३’को गीत अभिनेता अनमोल र अभिनेत्री सुहाना थापामाथि खिचिनेछ ।
सुहाना केही दिन पहिले नै अमेरिका पुगिसकेकी छन् । झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाकै मुख्य भुमिका रहेको छ । सुहानाले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । चलचित्रमा अनमोल गायक र सुहाना एक फ्यानको भूमिकामा देखिदैछन् । २९ चैतबाट चलचित्र प्रदर्शनमा आउाने बताइएको छ ।
अनमोलको केही पहिले अभिनेत्री सारासँगको प्रेमका कारण चर्चा भएको थियो । अहिले भने निर्माण तयारी रहेको ‘ब्याचलर बन्टी’का कारण चर्चामा छन् । मोटो पारिश्रमिक लिएर अनुबन्धित भएका यो चलचित्र कथा चित्त नबुझेर छाड्न लागेको उनले बताउादै आएका छन् ।