साप्ताहिक संवाददाता
पुस २५, २०७५
मरेपछि फेरि जन्मनुपर्छ भन्ने मान्यता धेरै धर्म सम्प्रदायमा छ । बौद्धमार्गी बढी भएको थाइल्यान्डमा यो कुरामा धेरैको विश्वास छ । नयाँ वर्षको अघिल्लो दिन बैंककको ताकिन मन्दिरमा अनौठो धार्मिक क्रियाकलाप सम्पन्न गरिन्छ, जसमा मन्दिरको प्रांगणमा कफिन राखिएको हुन्छ ।
यो कार्यक्रममा सहभागीहरूले उक्त कफिनमा मृत शरीरको रूप धारण गरेर केही समय बिताउनुपर्छ । यसरी समय बिताउँदा उक्त वर्ष गरेका सबै नराम्रा काम लाससँग जाने अनि उठेपछि नयाँ रूपमा जन्मिइने र राम्रा कुराहरू आउने मान्यता छ ।