साप्ताहिक संवाददाता
कलाकार सलोन बस्नेतले सारा सिर्पालीसँग चलचित्र सुश्री सम्पत्तिमा काम गर्दा निकै रमाइलो भएको बताएका छन् । ए मेरो हजुर–३ को छायांकनका क्रममा पोखरामा रहँदा उनले साराको प्रशंसा समेत गरेका थिए । ‘सुरुमा अलि नबोल्ने जस्तो देखिए पनि पछि सारा खुल्न थालिन्,’ सलोनले भने ।
पहिलो पटक स्क्रिन सेयर गरेको भए पनि रमाइलो भयो । सलोन भन्छन्–‘सारा रमाइली रैछि’न्’ । सुश्री सम्पत्तिमा काम गरेका अर्का कलाकार विनोद गौतम आफ्नो पहिल्यैदेखिको साथी भएका कारण झनै रमाइलो भयो । त्यसमा रंग पत्रकार सुव्रतराज आचार्यको निर्देशन कलाका कारण ३५ दिनको छायांकनसकिएको पत्तै नभएको सोलनको अनुभव छ ।
सुश्री सम्पत्ति सलोनले अभिनय गरेको नवौं चलचित्र हो । यो चलचित्रले आफ्नो करियरमा निकै महत्व राख्ने सोलनले बताएका छन् । सुश्री सम्पत्तिको सम्पूर्ण छायांकन सुन्दर नगरी पोखरामा भएको हो । सलोन चलचित्रका लागि आफैं डिल गर्ने र समस्या पर्दा मात्र बुबा सोवित बस्नेतलाई गुहार्ने कुरा बताउँछन् ।