साप्ताहिक संवाददाता
पुस २७, २०७५
टेलिभिजनको विशेष कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आफ्नी श्रीमती इशा श्रेष्ठसँगको लामो वैवाहिक सम्बन्ध टुंग्याएका छन् । सञ्चारकर्मी रविले केहीअघि मात्र आफ्नी श्रीमति इशासँग सम्बन्ध–विच्छेद गरेका हुन् ।
रविले फेसबुकमा स्टाटस लेख्दै कानुनी रूपमै २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएको जानकारी गराएका छन् । रविले आफ्नो फेसबुक स्टाटसमा नचाहँदा–नचाहँदै पनि आफ्नो व्यक्तिगत कुरा गर्नु परेको उल्लेख गरेका छन् ।
रविका दुई छोरी छन्, जसको जिम्मा इशासँगको सम्बन्ध–विच्छेदपछि आफैंले लिएको पनि उनले बताएका छन् । आफू नेपाल बसे पनि आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफ्नो सम्पूर्ण जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पूरै व्यवस्थापन यतिबेलासम्म गर्दै आएको कुरा रविले आफ्नो फेसबुकमा लेखेका छन् ।