पुस २७, २०७५
दक्षिण भारतका चर्चित अभिनेता हुन्– प्रभास । बहुबली तथा बहुबली–२ बाट चर्चामा आएका यी अभिनेताको पहिलो बलिउड चलचित्र साहो प्रदर्शनको तयारीमा छ, जसको कुनै प्रचार–प्रसार नगरिँदै चर्चामा छ । यो चलचित्रमा प्रभास भिन्न लुक्समा देखिनेछन् ।
यही चलचित्रमार्फत प्रभास बलिउड प्रवेश गर्दैछन् । छोटो समयमै हिट अभिनेताका रूपमा चिनिएका प्रभासका प्रशंसक भारतमा मात्र होइन, विश्वभर छन् । प्रभासले केही समयअघि आफ्नो जन्मदिनमा फेसबुकबाट साहोको एउटा झलक सार्वजनिक गरेका थिए जसका कारण चलचित्रप्रति प्रशंसकहरूको उत्सुकता बढेको छ ।
समग्र भारतीय चलचित्र इतिहासमा प्रभासकै चलचित्रले सर्वाधिक आम्दानी गरेको छ, त्यसैले पनि प्रभासको बलिउड प्रवेशसँगै कतिपय कलाकारमा डर–त्राससमेत बढेको बताइन्छ ।