साप्ताहिक संवाददाता
पुस २८, २०७५
फेसबुक म्यासेन्जरमार्फत पठाइएको सन्देश अस्वाभाविक लाग्दा डिलिट गर्न मिल्ने सुविधा थिएन, तर फेसबुकले अब यस्तो सुविधासमेत उपलब्ध गराउन थालेको छ । यसका लागि फेसबुकले ‘अनसेन्ड’ नामक फिचर ल्याएको छ ।
यसबाट आफूले पठाएको म्यासेजलाई १० मिनेट भित्र डिलिट गर्न सकिन्छ । फेसबुकले यसको जानकारी पहिले नै दिएको भए पनि हालै मात्र यो सुविधा प्रारम्भ गरिएको हो । हाल पठाइएको म्यासेजमा केही बेरसम्म थिच्दा कपी, फरवार्ड र डिलिट अप्सन देखिन्छ ।
अब भने त्यसमा रिमुभ अप्सन पनि आउनेछ । हाल यो सुविधा पोल्यान्ड, बोलिभिया, कोलम्बिया र लिथुवानियामा मात्र प्रयोग गर्न सकिन्छ । आईओएस र एन्ड्रोइड दुवै मोबाइलमा उपलब्ध हुने यो सुविधा आगामी दिनमा अन्य देशमा समेत उपलब्ध हुँदै जाने बताइएको छ ।