साप्ताहिक संवाददाता
पुस २९, २०७५
नेपाली कथानक चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गरेको केही दिनमै ट्रेलर पनि सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य पात्र अटाएका छन् । मुख्य पात्रले ‘रणवीर’ लभ र एक्शन प्रदान चलचित्र रहेको सन्देश दिन्छ ।
चलचित्रमा सुशील सिटौलासँगै दुई डेब्यु नायिका सुभेच्छा खड्का र सुपुस्पा भट्ट मुख्य भूमीकामा छन् । खलपात्रका रुपमा प्रशान्त ताम्राकार छन् ।
सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल होल्डर सुभेच्छा यो चलचित्रमार्फत डेब्यु गर्दैछन् । प्रेम, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।
गोमा बिस्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको चलचित्र माघ १८ गते रिलिज हुँदैछ ।
रणवीरको ट्रेलर हेर्न तलको लिंकमा क्लिक गर्नुस् :