साप्ताहिक संवाददाता
कला र गलाको संरक्षण हाम्रो अभियान भन्ने मूल उदेश्यको साथ यही माघ ४ गते एपिक नेपाल म्युजिक एवार्ड २०७५ वितरण गरिने भएको छ ।
उक्त एवार्ड अन्तर्गत उत्कृस्ट श्रष्टा सर्जकहरुलाई प्रमाण पत्र वितरण गरिसकेको छ भने फाईनल कार्यक्रम माघ ४ गते शुक्रबार ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने भएको छ ।
नेपाली गीत संगीतका व्यक्तित्वहरु उपस्थिति रहने उक्त एवार्ड समारोहमा लोक गीत, आधुनिक, पप र लोक पप, तामाङ सेलो, मेंदोमाया, काठे भाका, देउडा गीत, पुर्बेली भाका र दशैँ तिहार विधाका कलाकारहरु सम्मानित हुदैछन ।
कुल ६६ विधामा अवार्ड आयोजना गरिएको छ भने उक्तसमारोहमा नेपाली सुगम संगीतका धरोहर प्रेरणाको श्रोत भजन सिरोमणि भक्तराज आचार्य र बरिष्ठ लोक गायक कुमार बस्नेतलाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ ।
त्यसैगरी न्युज २४ का रबि लामिछाने, रेडियो काठमाडौं एफ. एम. का चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले ,नयाँ पत्रिका दैनिकका लक्ष्मण सुबेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, डीस होमका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, सुन्दारादेबी संदेश साप्ताहिकका किरण अधिकारि, एबिसी टेलिभिजनका बिनोद बि.क लगायत झण्डै १ दर्जन सञ्चारकर्मीलाई सम्मान गर्ने आयोजकले जनाएको छ । कार्यक्रम संचालक दिनेश डिसीले संचालन गर्ने छन् ।