साप्ताहिक संवाददाता
पुस ३०, २०७५
१ नम्बर प्रदेशस्तरीय रोबोट प्रतियोगिताको उपाधि काठमाडौंको कसमस कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टले जितेको छ । विराटनगरस्थित जैन भवनमा सोमबार सम्पन्न उक्त प्रतियोगितामा विराटनगरको डिस्ट्रक्सनलाई २–१ अंकले पराजित गरी कसमसले उपाधि जितेको हो ।
क्यान महासंघ मोरङ शाखाद्वारा आयोजित उक्त प्रतियोगितामा काठमाडौं तथा १ नम्बर प्रदेशका विभिन्न जिल्लाका १५ टिमले भाग लिएको अध्यक्ष राजन यादवले जानकारी दिए । इन्जिनिरिङ अध्ययनरत विद्यार्थीहरूले आफैंले रोबोट बनाएर यो प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
अनिल श्रेष्ठ