साप्ताहिक संवाददाता
माघ १, २०७५
जापानमा त्यहाँको जनसंख्याको तुलनामा मानिस बस्ने घर धेरै छन् । १२ करोड ७० लाख जनसंख्या भएको जापानमा अहिले ६ करोड १० लाख घर छन् । तीमध्ये १ करोडभन्दा बढी घर खाली छन् । अहिले त्यस्ता खाली घर जापान सरकारका लागि टाउको दुखाइको विषय भएका छन् ।
जापानको तथ्यांक विभागका अनुसार जापानमा खाली घरको संख्या आगामी दिनमा अझ बढ्दै जानेछ । विभागका अनुसार घट्दो दरमा रहेको जापानको जनसंख्या वृद्धिदरका कारण सन् १९६५ सम्ममा त्यहाँको जनसंख्या ६ करोड ८० लाखमा झर्नेछ जसका कारण खालीघरको संख्या बढेर २ करोडसम्म पुग्न सक्छ । घट्दो जनसंख्याका कारण सन् २०४० सम्ममा जापानका ९ सयभन्दा बढी गाउँ तथा साना सहरको अस्तित्व नै मेटिने आशंका गरिएको छ ।