साप्ताहिक संवाददाता
माघ १, २०७५
झोराहाट नाट्य समुहका करिव दुई दर्जन कलाकारहरु यतिबेला काठमाडौंमा छन् । भोलि माघ २ गते बुधबारदेखि थापागाउ, काठमाडौंस्थित कुञ्ज नाटक घरमा मन्चन हुने नाटक ‘बर्बरिक’ लिएर यी कलाकारहरु काठमाडौं आएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नाटकका निर्देशक, कलाकार तथा लेखकले सञ्चराकर्मीसामु सामुहिक तस्बिर खिचाए । उक्त नाटक माघ २ गते बुधवारदेखि माघ १२ गते सम्म प्रत्येक सांझ ४:३० बजेदेखि मञ्चन हुनेछ भने बिदाको दिन दिउसो १:३० बजे थप एक शो हुनेछ ।
उक्त नाटक उपन्यासकार प्रदीप नेपालको उपन्यास बर्ब्रिकमा आधारित छ । जसलाई भरत गुरागाईंले नाट्य रुपान्तरण गरेका हुन् । नाटकमा नेता मदन भण्डारीको जीवनीमा आधारित छ ।