साप्ताहिक संवाददाता
चलचित्र ‘गरुड पुराण’ले सेन्सर पास गरेको छ । केन्द्रिय चलचित्र जाँच समितिले चलचित्रलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ ।
यो चलचित्रलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् । चलचित्रलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको उनले बताए । उनका अनुसार या चलचित्रमा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ । चलचित्र आगामी ४ माघबाट प्रदर्शनमा आउने छ ।
माघ महिना विवाहको बेला भएको र यो चलचित्र बाजा बजाउनेहरुको कथामा आधारित रहेकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको निर्देशकको भनाई छ ।
चलचित्रमा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन् । यस्तै कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर चलचित्रमा अभिनय गरेका छन् । प्रियंका सिंह यसै चलचित्र मार्फत रजतपटमा डेब्यु गर्दैछिन् ।
अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्बाद आकाशले लेखेका हुन् ।
गरुड पुराणलाई सुसन प्रजापतिको छायांकन गरेका हुन् । जसमा रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ ।