साप्ताहिक संवाददाता
माघ ३, २०७५
बिगत एक दशकदेखि नेपाली संगीतिक क्षेत्रमा सक्रिय गायक सिजम सिंजालीले गाएका राष्ट्र गीतहरुको संग्रह ’जिबन्त ३ : मेरो फरक नेपाल’ काठमाडौंमा विमोचन गरिएको छ ।
नेपाल मगर संघले आयोजना गरेको एउटा भव्य समारोहमा उक्त संग्रह विमोचन गरिएको हो ।
विमोचन समारोहम गायक सिंजालीलाई सम्मान समेत गरिएको थियो ।
राष्ट्र भाव उजागर गर्ने शैलीका गीतहरु गाउन रुचाउने गायक सिजम सिंजाली पर्यटन प्रबद्र्धन अभियानमा समेत लागेका छन् ।
जिबन्त–३ एल्बममा गायकका आफ्नै श्ब्द र संगीत छ भने जता जाउमा बिक्रम थापाको संगीत समेत रहेको छ । समारोहमा विमोचित एलबमको एउटा भिडियो समेत प्रदर्शन गरिएको थियो ।