साप्ताहिक संवाददाता
एनआईएफएफ चलचित्र महोत्सव–२०१९ हुने भएको छ । महोत्सव २०७५ फागुन ९ गतेदेखि १३ गतेसम्म ५ दिन काठमाडौंमा आयोजना हुनेछ । ५ दिनसम्म चल्ने नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा काठमाडौं महानगरपालिका सह–आयोजकका रुपमा रहेको छ भने चलचित्र विकास बोर्ड र पर्यटन बोर्ड महोत्सव सम्बद्र्धकका रुपमा रहेका छन् ।
महोत्सवमा विभिन्न देशका उत्कृष्ट चलचित्रहरुको प्रदर्शन हुनुका साथै विभिन्न विषयमा केन्द्रित भएर गहन छलफल र अन्तरक्रियाहरु हुने छन् । ३१ राष्ट्रका ५९ वटा चलचित्र प्रदर्शनका लागि अन्तिम छनौटमा परेका छन् । छनौट भएका चलचित्रहरु मध्ये नेपालका १६ चलचित्र समावेश छन् । महोत्सवमा समावेश विदेशी चलचित्रहरु मध्ये ३१ वटा शर्ट फिल्म छन् भने ६ वटा फिचर फिल्म छन् ।
नेपाली चलचित्रमा ६ वटा फिचर र १० वटा शर्ट फिल्म छन् । नेपालले अन्र्तराष्ट्रिय सहकार्यमा बनाएका २ वटा शर्ट फिल्म पनि महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा सहभागी चलचित्रहरु मध्ये राष्ट्रिय र अन्र्तराष्ट्रिय चलचित्र जगतका ख्यातिप्राप्त चलचित्र विद्हरु सम्मिलित निर्णायक मण्डलबाट मूल्याङ्ककन गराई पुरस्कार प्रदान गरिने छ । अन्र्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गतका चलचित्रहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र नगद राशी एक हजार डलर सहितको गौतम बुद्ध अवार्ड र एक शर्ट फिल्मलाई पाँच सय डलर नगद र ट्रफी सहितको माउण्ट एभरेष्ट अवार्ड प्रदानगरिने छ ।
नेपाल पानोरामा अन्तर्गतको प्रतिस्पर्धामा रहेका चलचित्रहरु मध्ये सर्वोत्कृष्ट ठहरिएको एउटा फिचर फिल्मलाई नगद पचास हजार र ट्रफीसहित सर्वोत्कृष्ट पुरस्कार, सर्वोत्कृष्ट शर्ट फिल्मलाई २५ हजार नगद र ट्रफी सहितको पुरस्कार प्रदान गरिनेछ । यस्तै गरी नेपाली पानोरामा अन्तर्गत नै फिचरतर्फ सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट लेखक को पनि पुरस्कार प्रदान गरिने छ । शर्ट फिल्मतर्फ भने सर्वोत्कृष्ट निर्देशकको पुरस्कार प्रदान गरिनेछ ।