साप्ताहिक संवाददाता
यसपटकको अनशन अन्तिम हुने भैदिएको भए, अहिलेसम्म अनेकौं पटक अनशन बस्न बाध्य हुने थिएनन् डा. केसी, बरु पटक–पटक अनशन बस्दा उहाँको जीवन नै अन्तिम हुने पक्का छ ।
मनिष श्रेष्ठ
अन्तिमचाहिँ नहोस्, किनभने प्रतिपक्षले सरकारको विरोध गर्न सक्दैन, उहाँ भए कम्तीमा सरकार चनाखो त होला कि ? -आकाश
सायद होला ।
सचिन पोखरेल
अन्तिम चाहि नहोस्, अन्यथा प्रतिपक्षलाई सरकारको खेदो खन्ने मुद्दा पाउन मुस्किल हुन्छ ।
युवराज
बर्खायामको खहरेजस्तो हो, आउँछ गड्याङ्गुडुङ्ग हुन्छ, सुस्काउँछ अनि जान्छ ।
झपेन्द्र ढुंगाना
चिकित्सा क्षेत्रसँगसम्बन्धित उहाँका माग उचित नै छन् तर अहिले थपिएका माग राजनीति प्रेरित देखिन्छन् । डा. केसी राजनीतिमा नमुछिउन् भन्ने सबैको चाहना छ ।
रवि सिंह
आकर्षक उत्तर खोज्नुभएको भए मसँग तपाईंहरूको प्रश्नको उत्तर छैन । डा. केसीको अनशनलाइ प्रयोग गरेर स्वार्थपूर्ति गर्ने समुहले बारम्बार उहाँलाई अनशन बस्न उकास्छन् । आगामी दिनमा पनि अनशनका कार्यक्रम हुनेछन् ।
विनोद पौडेल
गोविन्द केसीको अनशन र निर्मलाको हत्यारा पत्ता लगाउने काम उस्तै–उस्तै हो जस्तो लाग्छ ।
ईश्वर जोसी
डा. केसीको पारा देख्दा त उनी बाँचुन्जेल उनको अनशन अन्तिम हुँदैन् । बिचरालाई केही राजनीति खेलाडीले पुराना झुम्राको बल जस्तै बनाएर प्रयोग गरिरहेका छन् । यस्ता सम्मानित व्यक्ति राजनीतिको गोटि बनेर खतम हुने भए ।
जीवेन्द्र गैरे
यस्तो नहोस् कि यो नै अन्त्य होस्, बरु यसलाई निरन्तरता दिइयोस्, सरकारलाई लागोस् कि लम्पसारवादीहरूको भीडमा कोही त छ जो उग्रवादी भएर हामीलाई घचघच्चाइरहेको छ ।
सुरेश रानाभाट
बेलैमा जुस ख्वाएनन् भने अन्तिम नै हुनेछ ।
मितव्ययी
स्वास्थ्य क्षेत्रमा बेथिति छ, यसमा दुईमत छैन तर यसपालिको अनशनमा उनले राजनीतिक मुद्दा उठाउनु गलत हो । कतै उनलाई कुनै राजनीतिक पार्टीले गोटीका रूपमा प्रयोग गरिरहेको त छैन ? जबसम्म स्वास्थ क्षेत्र सुध्रिँदैन तबसम्म लड्नैपर्छ र जनताले त्यसमा साथ दिनुपर्छ । यो अनशन अन्तिम हुनु हुँदैन ।
सरिता भट्टराई
सरकार खाली कागजमा मात्र सहमति गरिरहने अनि डा. केसी अनशन बसिरहने, खै यो दोहोरी टुंगिने छाँटकाँट नै देखिएन । अझ अहिलेको सरकार कामभन्दा उखान–टुक्कामा माहिर छ, के होला र खै ?
कुमार गौतम
गोविन्द केसीलाई अनशन बस्ने बानी परिसक्यो, रमिते सरकारलाई पनि यस्तै हो भन्ने लागिसक्यो, अल्छि डाक्टरहरूलाई पनि काम नगर्ने बाहाना भैसक्यो । त्यसैले यो अन्तिम अनशन नहोला ।
गगन विष्ट
भ्रष्ट र माफियाहरूको राज्य चलेका बेला अनशन बस्नु हँुदैन भन्ने सुझाव दिन्छु । पटक–पटक, १५ औं पटक सम्झौता गरेर कार्यान्वयन नहुने दृष्टान्त छ, यो नै अन्तिम हुन्छ भन्ने कुनै आधार छैन र हुँदैन पनि । दुनियाँको तनाव बोकेर डा. केसीले आफ्नो स्वास्थ्यप्रति खेलबाड नगरून्, यो देश त यस्तै हो ।
दलु आले मगर