साप्ताहिक संवाददाता
माघ ६, २०७५
एक फेसन डिजाइनरले सन् २०१९ लाई लक्षित गरेर तयार पारेको जिन्सको पाइन्टले अहिले धेरैलाई चकित तुल्याइरहेको छ । युक्रेनको राजधानी किभमा आफ्नो करिअर बनाइरहेकी डिजाईनर सेनिया स्नाइडरले तयार पारेको जिन्सको यो पाइन्ट कसले लगाउने भन्ने प्रश्नसमेत उठेको छ ।
सेनियाको पाइन्टको डिजाइन सामाजिक सञ्जालमा आएपछि त्यो भाइरल भैरहेको छ भने त्यसमा विभिन्न प्रतिक्रियासमेत व्यक्त गरिएका छन् । कसैले यो डिजाइनलाई मुर्खताको संज्ञा दिइरहेका छन् त कसैले आफू यो डिजाइन देखेर आश्चर्यचकित भएको बताइरहेका छन् ।
४२ हजार नेपाली रुपैयाँ पर्ने यो पाइन्ट अनलाइनमार्फत समेत खरिद गर्न सकिन्छ । सेनियाले डिजाइन गरेको यो पाइन्टको एउटा भाग हात्तीको खुट्टा अट्लाजस्तो छ भने अर्को भाग सामान्य छ ।