साप्ताहिक संवाददाता
चलचित्र ‘वीर विक्रम–२’ को पिरतीको मीठो तिर्सना...को रिमेकबाट सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने उनी गायिका मेलिना राई हुन् । केही साताअघि मात्र सार्वजनिक भएको उक्त गीत युट्युबमा त लोकप्रिय छ नै रेडियो तथा टेलिभिजनहरूमा समेत उत्तिकै प्रसारण भैरहेको छ ।
निर्देशक मिलन चाम्सले चलचित्र देवताका निर्माता/निर्देशक युवराज लामासँग अनुमति नै लिएर उक्त गीतको रिमेक तयार पारेका हुन्, जसमा मेलिना राई तथा ताराप्रकाश लिम्बूको स्वर सुन्न सकिन्छ ।
कन्सर्टहरूमा व्यस्त मेलिनाले पछिल्लो अवधिका कन्सर्टमा यही गीत धेरै भन्दा धेरै गाइरहेकी छिन् । हालैमात्र उनले आफ्नो फेसबुक पेजमा उक्त गीतको अघिल्लो चार लाइन उल्लेख गरेकी थिइन्, जसले झन्डै ४ हजार रियाक्सन तथा १ सय ४० वटा कमेन्ट पायो भने उक्त पोस्ट १ सय ७ पटक सेयर भएको देखिन्छ ।
पिरतीको मिठो तिर्सना :