साप्ताहिक संवाददाता
माघ ९, २०७५
गीत तथा भिडियो सेयर गरिने सोसल साइट टिकटकमा सर्वाधिक लोकप्रिय अनुहार मानिन्छिन्– रेश्मा घिमिरे । पेसाले स्वास्थ्य परिचारिका घिमिरे फुर्सदको क्षण टिकटक भिडियो बनाएरै बिताउँछिन् ।
टिकटकमा आकर्षक अभिनय तथा नृत्य गरिरहेकी घिमिरे अब भने व्यवसायिक कलाकार बन्ने सम्भावना छ । उनले अभिनय गरेको नयाँ गीत इन्स्टाको फोटो...को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार कालीप्रसाद बासकोटाको उक्त नयाँ गीतको भिडियोमा घिमिरेले अभिनेता आसिफ शाहसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । कम समयमै दर्शकको मन जित्न सफल उक्त भिडियोलाई असिम शाह स्वयम्ले निर्देशन गरेका हुन् ।