साप्ताहिक संवाददाता
माघ ९, २०७५
लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘पूर्णिमाको जुन’ बोलको सार्वजनिक गीतमा हरि लम्सालले संगीत भरेका छन् । उक्त गीत हसिकुमार(हरिकुमार सिलवाल)ले लेखेका हुन् ।
आफ्नो गीतका बारेमा गीतकार हसिकुमारले भनेका छन्–‘मलाई प्रायजसो प्रेमीले प्रेमिकालाई जुन, फूल भनेर तुलना गर्दा मलाई खल्लो लाग्छ । यसैले मैले यो गीतमा प्रेमीकालाई अरु नै विशेषण दिएको छु ।’ उनले गीतले दर्शकलाई प्रेमको महशुश गराउने बताए ।
नितिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा दिपेन बस्न्यातको सम्पादन, सुरेश नेपालीको छायांकन रहेको छ । भिडियोमा रामकृष्ण ढकाल र सिमा पन्थीले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :