साप्ताहिक संवाददाता
चलचित्र ‘शुभलभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेललाई फिचर्ड गरिएको छ । उक्त गीतको सम्पुर्ण छायांकन पोखरामा गरिएको हो ।
सार्वजनिक गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ, भने निशान भट्टराईले गीतमा स्वर दिएका छन् । गीतको कोरयोग्राफर रामजी लामिछाने हुन् । चैत १५ गते रिलिज हुने यो चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
तिमी हुन्छौं भनेको भिडियो :