साप्ताहिक संवाददाता
माघ १०, २०७५
यो साइकलले भ्वाइस असिस्टेन्टलाई सपोर्ट गर्छ । ट्राफिक जाममा फसेका बेला यसले परिवारलाई घर ढिलो आइपुग्ने जानकारी दिन्छ ।
साइबिक कम्पनीले निर्माण गरेको यो साइकलको ह्यान्डलबारमा सानो कलर डिस्प्लेयुक्त कम्प्युटर छ, जसलाई मोबाइल हटस्पट जस्तै अन गरेर नेटवर्कसँग आवद्ध हुन सकिन्छ ।
त्यसैगरी यसको रडमा राखिएको पी नामक पार्किङ बटन थिचेपछि यो आफैं लक हुन्छ । त्यसपछि यसलाई कसैले चलाउन सक्दैनन् ।