साप्ताहिक संवाददाता
पप गायिका ब्रिट्नी स्पेयर्सले आफ्ना बुवाको स्वास्थका कारण आफूले केही समय सांगीतिक क्षेत्रबाट विश्राम लिने घोषणा गरेकी छिन् । उनले यो विश्रामलाई अनिश्चितकालीन भनेकी छिन् ।
आगामी महिना अमेरिकाको लस भेगासमा प्रस्तुत हुने डोमिनेसन शीर्षकको कन्सर्टको तयारीमा जुटेकी यी गायिकाले बुवाको स्वास्थ अवस्था बिग्रिएकै कारण उक्त कन्सर्ट पनि स्थगित गरेको बताएकी छिन् ।
आफ्नो सम्पूर्ण ध्यान र शक्ति परिवारको हेरचाहमा लगाउने घोषणा गरेकी ३७ वर्षीया यी गायिकाले अबको केही समय परिवारका सदस्यहरूसँग मात्र बिताउने उल्लेख गरेकी छिन् ।
ब्रिट्नीका बुवा विगत केही महिनादेखि एउटा गम्भीर रोगबाट ग्रस्त छन् । ब्रिट्नीले सामाजिक सञ्जालमार्फत बुवाको करिब–करिब निधन भैसकेको उल्लेख गरेकी छिन् । केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज गरिएका ब्रिट्नीका बुवा हाल घरमै स्वास्थलाभ गरिरहेका छन् ।