साप्ताहिक संवाददाता
बुधबार राजधानीको कमलादी स्थित क्यूज सिनेमा हलमा आयोजित फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रममा हलमा कर्मचारीबाट पत्रकारमाथी भएको दुव्र्यबहारप्रति चलचित्र पत्रकार संघ, नेपालले आपत्ति प्रकट गरेको छ । संघका सचिव समेत रहेका पत्रकार समिर बलामीमाथी हल कर्मचारीबाट भएको दुव्र्यबहार र हातपातको विषयमाथी प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संघले उक्त घटनालाई समाचार सम्प्रेषणमाथीको अवरोध र प्रेस स्वतन्त्रतामाथीको ठाडो हस्ताक्षेप भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो प्रकारको ज्यादती भइसक्दासमेत कार्यक्रम आयोजक र सिनेमा हल मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ, यसले समग्र चलचित्र पत्रकारलाई क्यूज सिनेमा हलमा आयोजना हुने र शुभ लभ फिल्मले गर्ने प्रेसमिटमा सहभागि भएर रिपोर्टिङ गर्न असुरक्षित महसुस गराएको छ ।’
साथै आगामी दिनमा क्यूज सिनेमा हल र शुभ लभले अब उप्रान्त गर्ने प्रेसमिटमा पत्रकारहरुको सुरक्षाको प्रत्याभुतिको ग्यारेन्टी गर्नेगरी दुबै पक्षबाट आधिकारिक धारणा नआउादासम्म चलचित्र पत्रकार संघसँग सम्वद्ध सम्पुर्ण चलचित्र पत्रकारहरु सहभागि नहुने चेतावनी समेत दिएको छ । संगसंगै विज्ञप्तिमा सम्पुर्ण चलचित्र पत्रकारहरुले रिपोर्टिङका क्रममा संयमित र मर्यादित भएर आफ्नो व्यवसायिक धर्म निभाइरहनेमा पनि संघ सधैं विश्वस्त रहने उल्लेख गरिएको छ ।