साप्ताहिक संवाददाता
माघ ११, २०७५
२०१८ मा सबैभन्दा बढी चर्चा जाहन्वी कपुर तथा सारा अली खानको भयो । वर्षको अन्तिममा प्रदर्शनमा आए— केदारनाथ तथा सिम्बा । यी दुवै चलचित्रकी अभिनेत्री हुन्— सारा अलि खान । पहिलो कदममै दुईवटा हिट चलचित्र दिएपछि सारा यतिबेला मख्ख छिन् ।
बलिउड पण्डितहरूले गरेको प्रशंसाले पनि सारालाई उत्साहित तुल्याएको छ । समीक्षकहरूले २०१८ को उत्कृष्ट डेब्यु एवार्ड साराले नै पाउनुपर्ने धारणा व्यक्त गरेका छन् । बलिउडका हस्तीहरूले पनि सारालाई लामो रेसको घोडाको संज्ञा दिएका छन् ।
केदारनाथमा लामो भूमिका भए पनि सिम्बामा भने उनको भूमिका निकै छोटो थियो । यद्यपि उनी त्यसमा दर्शकको ध्यान आफूतर्फ तान्न सफल भएकी छिन् ।