साप्ताहिक संवाददाता
माघ १२, २०७५
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केले जोडीको रुपमा काम गर्न लागेको चलचित्र ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो । \
मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रमा हङकङ निवासी सुयोग गुरुङको निर्देशन रहने छ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने चलचित्रमा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निभाउनेछन् ।
गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारले पनि यो चलचित्रमा अभिनय गर्दै छन् । समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्रबन्न लागेको हो ।