साप्ताहिक संवाददाता
माघ १२, २०७५
नेपाल आइडलको पहिलो सिजनका प्रतिस्पर्धि हुन् सुरज थापा । उनले आईडलमा टप ६ सम्मको यात्रा तय गरेका थिए । त्यसपछि उनी विभिन्न कारणले चर्चामा रहे । उनै सुरजलै हालै एक गीत सार्वजनिक गरेका छन् ।
उनले आफैले लेखेको गीतमा आफैले संगीत भरेर सार्वजनिक गरेको उक्त गीत अहिले लोकप्रिय बन्दै गएको छ । ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै उनी निर्देशक समेत बनेका छन् ।
लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन ।
भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ ।
गीतको म्यूजिक भिडियो :