साप्ताहिक संवाददाता
केही साताअघि प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलनमार्फत बरामद सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । प्रहरीले त्यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा पुग्यो । विभागले केही दिनअघि मात्र भनिदियो– ‘धादिङमा प्रहरीले बरामद गरेको सुन, सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’ मंगलबार यो समाचार सार्वजनिक भएपछि ट्विटरमा यही विषयमा केन्द्रित टिप्पणीहरू सार्वजनिक भए ।
चाइनिज बस इन्डियन बन्छ, सुन बन्छ तामा । सुत्ने बेला हररात डर लाग्छ, बिहान ब्युँझँदा कतै मेरो सिङ र पुच्छर त पलाइरहेको हुँदैन ?
ब्रजेश खनाल
सुनलाई तामा बनाउने जादुगरहरू हाम्रै देशमा रहेछन् र पो हाम्रो देश गरिब भएको रहेछ ।
धनराज गुरुङ
प्रहरीले बरामद गरेको सुन राजस्वमा पुग्दा तामा भयो रे । राम भनेर भोट दियो, पदमा पुगेपछि रावण भएझैं के सुन पनि नेताजस्तै भएको हो ?
बुद्धि कार्की
‘सुन भनेर दंग परेको, भरे त तामा रहेछ’– यो हाम्रो तत्कालीन अवस्थाको समयसापेक्ष विम्ब हो । यो मलगायत सबैमा लागू हुन सक्छ है— ऐना हेरौं ।
रामेश कोइराला
आज सुन पसलभित्र के छिरेको थिएँ । पसलेले सोध्नुभयो– तपाईं प्रहरी त होइन ? म– किन र साहुजी ? सुन पसले– पुलिसले एकै छिनमा सुनलाई पनि तामा बनाइदिन्छन् रे, त्यसैले सोधेको हजुर । म– ट्वाँ ।
रोशनी
दिनेश अधिकारी चरी गैंडाको खागसहित समातिएर अदालत पुर्याइँदा खागजस्तै प्लास्टिकको सामानसहित पक्राउ भनेर मुद्दा दायर भएको कुरा जानेको हुनाले समातिएको सुन राजस्व पुग्दा तामा भएकोमा कुनै आश्चर्य उब्जन सकेन ।
यादव देवकोटा
प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा । सुन बरामद गरेको भनेर प्रहरीले १९ पुसमा पत्रकार सम्मेलन समेत गर्यो, तर राजस्व अनुसन्धान भन्छ– प्रहरीले बुझाएको वस्तु सुन होइन, तामा र ढलौट हो । धादिङका एसपी डम्बर बिक भन्छन्– ‘सुन भनेरै बरामद गरिएको हो, तर राजस्वले सुन होइन भन्यो ।’
उमेश चौहान
पछिल्लो समयमा सुनलाई तामा र ब्वाइफ्रेन्डलाई मामा बनाउनेहरूको बिगबिगी छ ।
विश्वराज लामिछाने
प्रहरीले बरामद गरेको चार किलो सुन राजस्व अनुसन्धान विभागमा पुग्दा तामा र ढलौट मिश्रित धातु बनेको छ । हामीकहाँ पिसी सरकार भन्दा पनि ठूला जादुगर रहेछन् । सुनलाई छुमन्तर गर्नासाथ तामा बनाइदिन सक्ने ।
बाबुलाल भण्डारी
घरबाट ल्याएको एक डिब्बा तामा थियो, सुन बनाउने कता रहेछ ? सुनलाई तामा, तामालाई सुन बनाउने भए त गजब हुन्थ्यो ।
अशोक सुस्केरा
मेरो देश जहाँ बरामद गरिएको सुन पछि तामामा परिणत हुन्छ । मेरो देश, हो मेरो देश चमत्कारै चमत्कारको देश हो ।
गनी अन्सारी
आदि–अनादि कालमा तामाकोसीको नाम सुनकोसी थियो, कालान्तरमा सुन बगेर तामा मात्र बाँकी भएकाले तामाकोसी रहन गएको रे भन्दै थिए पल्लाघरे ल्याक्ते बा भनेर सुशील न्यौपानेले आफ्नो फेसबुकाँ लेख्या देखें ।
विष्णु जोशी
त्यो ४ किलो पहिले सुन थियो, अहिले तामा भएछ । छिट्टै फलाम हुनेछ । धन्यवाद नेपाल पुलिस ।
सोझो चोर
मान्छेले फलाम, तामा, चाँदी, सुनका सिक्का बनाउन थालेदेखि नै साथिभाइको पैसा डुब्न थाल्या हो ।
द तिलक
२०४४ सालतिर एकपटक सक्कली मूर्तिसहित चोर पक्राउ परे, अन्त्यमा मूर्ति नक्कली ठहर भो, चोर पनि छुटे, नक्कली ठहर भएको मूर्ति मन्दिरमा राखेर पूजा गरियो, सायद गरिंदै होला । देवता, प्रहरी, अदालत र अभियुक्त सबैलाई राहत भयो । पक्राउ परेको सुन अन्तत: तामा ठहर भएको समाचार पढेपछि सम्झिएको कुरा ।
तीर्थ कोइराला
वाइड बडी सेलाउँदै गो, शेरबहादुरको नामसँगै कांग्रेस लल्याकलुलुक भो, प्रहरीले पक्राउ गरेको सुन कसरी तामा भो, जनता जान्न चाहन्छन् । ऋषि धमला कता गो, पैसाले न्याय खरिद–बिक्री हुने देशमा कानुनी राज्यको कुरा नगर भो । हत्या, बलात्कार, तस्करी र कमिसन, भ्रष्टाचार त नयाँ व्यवस्थाको विशेषता भो ।
क्रिस्टिना पुरी
म त्यही देशको भाग्यमानी नागरिक हुँ, जहाँ सुनलाई तामा बनाइन्छ अनि दुनियाँलाई चटक देखाएर जनतालाई उल्लू बनाइन्छ ।
इन्द्र थापा
हैन, सुन पनि तामा हुन लागेछ त आजकाल ?
कर्कलो
जब सुन तामा हुनसक्छ भने केपी ओली राजनेता किन हुन सक्दैनन् ?
प्रदीप दाहाल
बाँसको तामा, केत्तुकेको तामा, सुनको तामा ।
केसी चोभारे
अति नै राम्रो भयो, जहिल्यै एउटै कुरा गर्नेहरू । मसँग बिहे गर्दा नाकमा दिनु परो, कानमा दिनु परो, घाँटीमा दिनु परो । अब ढुक्क हुनुहोस्, सुन तामा बन्छ भने हामी पनि बूढीलाई तामाको बनाएर सुन हो भनेर दिने ।
सन्तोष माझी
भनेपछि ३३ किलो सुन बाँडेर खाइ सकेपछि तामा ल्याएर गोरेलाई चोख्याउने तयारी सरकारले गर्यो, हैन त ?
विष्णु माझी
‘व्यापारीले भेटे चाँदीलाई सुन बनाएर बेच्छन् । सरकारी हाकिम सा’बले भेटे सुनलाई तामा पार्दिन्छन् हाम्रो नेपालमा ।’ ट्याक्सी गुरुजीको बुधबारे वाणी ।
प्रेम सापकोटा
सुन पनि तामा बन्छ हाम्रो देशमा, कामदेव पनि आए जोगीको भेषमा ।
विद्या श्रेष्ठ
प्रधानमन्त्रीको उत्पादन बढाउने नीतिलाई नेपाल प्रहरीले कार्यान्वयन गर्दै रहेछ, तामा बनाउने उद्योग खोलेर । रमाइलो कुरा तामा बनाउन कच्चा पदार्थ चैं सुन चाहिँदो रहेछ ।
स्वारी
सुनलाई तामा बनाउने मान्छे पत्ता लगाएर उसको हातमा देश जिम्मा लगाउनुपर्यो, अनि बल्ल देश उँभो लाग्ने छाँटकाँट देखियो ।
रीता बराल
जमाना मोडर्न छ । उदाहरण : बिहे अघि नै आमा हुनु, पुलिसले पक्रिएको सुन तामा हुनु । बाँकि तपाईं आफैं विद्वान हुनुहुन्छ ।
सुजन खतिवडा