साप्ताहिक संवाददाता
गायिका मिलन नेवारको चौँथो एल्बम ‘मिलन यात्रा’ सार्वजनिक भएको छ । उनले चौँथो एल्वम सार्वजनिक कार्यक्रममा पाँचौँ एल्वममा समावेश एक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरेकी छिन् । ‘मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।
गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका आमा/बुवा लगायतले मिलनको एल्वम सार्वजनिक गरेका हुन् । कुल सात गीत समावेश एल्वममा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।
म्यूजिक भिडियो सार्वजनिक गरिएको गीतमा गायक कमल खत्रीले गायिका नेवारलाई गायनमा साथ दिएका छन् । म्यूजिक भिडियोमा अभिनय समेत यहि जोडीले गरेको छ । हरी हुमागाईको छायांकन रहेको भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ ।
सोही कार्यक्रम मार्फत उनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्य उनले लिएकी छिन् । सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्दित गर्ने छिन् ।
गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिदै आफू पनि नेपाली गीत–संगीत पौरखी भएको बताएका थिए । उनले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद समेत दिएका थिए ।
सार्वजनिक गीतको म्यूजिक भिडियो :