साप्ताहिक संवाददाता
विवेकशील साझा मात्र किन ? हेर्नुहोस् न नियालेर कुन चैं पार्टी फुट्न बाँकी छ र ? एकै ढिक्का देखिएकाहरूमा पनि कति रानो माहुरीहरू छन् ?
हरिहर जेशी
विवेकशील पार्टीमा धेरै विद्वान् नै विद्वान् भए, अनि विचार बाझिएकाले आपसमा राम्रोसँग जुट्न नसकेको वा जुट्न नजानेको भएर फुटेका होलान् ।
रमन श्रेष्ठ
जोडेको चिज–वस्तु टुट्नु त सामान्य नै हो ।
रमेश खतीवडा
नेपालमा पार्टी फुट्नु र जुट्नु कुनै नौलो कुरा होइन । सम्भवत: भागबन्डा नमिलेर हो कि ?
शारदा मुरारी नेपाल
एकता दिवसका दिन राष्ट्रिय एकतालाई च्यालेन्ज दिन फुटेका हुन् ।
दिलीप सिजापति
एउटै पार्टी भएर सँगै काम गर्दै जाने क्रममा दुईमध्ये कुनै पक्षबाट केही भूल भयो होला । खासमा यो नहुनुपर्ने कुरा हो ।
वसन्त भण्डारी
विवेकशील साझाप्रति एउटा आशा थियो । अब यो फुटको राजनीतिले यिनीहरूलाइ कहीं पुर्याउँदैन, यिनीहरूको आस पनि छैन ।
प्रकाश गिरी
यो कहिले पो जोडिएको थियो र फुट्यो भन्नु ? आपसमा एकमत नभै जुटेकाहरूलाई एक भएको मान्न सकिँदैन ।
प्रदीप भट्टराई
गलत चुनाव चिन्ह राखेकाले फुटेको हो कि जस्तो लागिरा’छ मलाई । तराजु एकातिर ढल्किसकेको थियो अनि आँखा पनि टेडो थियो ।
राकेश कार्की
एउटा जापानी उखान छ— पानीजहाजका क्याप्टेन धेरै भए भने जहाज पहाड चढ्छ ।
समीर
धेरै बिराला भए मुसा मर्दैनन् भन्ने उखानलाई साकार गर्दै विवेकै विवेक भएकाहरू साझा भए अनि पार्टी नफुटे कुवा सुक्छ त ?
शंकर
विवेक खलबलिएर होला कि ?
रविसिंह राउत
जोडिन नसकेकाले फुटेको हुनुपर्छ ।
अभास सुवेदी
डुप्लिकेट सुपर ग्लु प्रयोग गरेपछि कसरी नफुटोस् त ?
रामकृष्ण
दुई मूर्ख मिल्न सक्छन्, तर दुई विद्वान् मिल्न सक्दैनन् ।
प्रवेश नेपाल
सजिलै छ त । जसरी रानो धेरै भएपछि मौरी छुट्टिन्छन्, त्यस्तै भएर फुट्या हो ।
संयोग अकेला
उज्ज्वल थापाको पदीय लालच विवेकशील साझा पार्टी फुट्नुको मुख्य कारण हो । पार्टीभित्र रबिन्द्र मिश्रसँग बराबर हैसियत र जिम्मेवारी राख्ने उज्ज्वल थापा अरूलाई दोष दिएर आफ्नो कर्तव्यबाट भाग्नु उनकै कमजोरी हो ।
अर्जुन केसी
हाम्रो राजनैतिक संस्कार पालना गरेका हुन् । आज्ञाकारी र संस्कारी रहेछन् बरा ।
इन्द्र
फेसबुकले उचाल्यो, चुरीफुरीसहित जुट्यो, सबैको साझा विवेक हरायो, त्यसपछि फुट्यो । एउटा तेल अर्को पानी, अनि कसरी मिल्छ तिनको जिन्दगानी ?
ताराप्रसाद खनाल
यो त हाम्रो देशका सम्पूर्ण राजनीतिक पार्टीको प्रमुख विशेषता नै हो ।
मनेज गुवाजु
दुनियाँलाई थाहा छ, तपाईंलाई चाहिँ थाहा नभएकै हो र ? ल सुन्नुस्, मिडियादेखि लिएर जतासुकै रवीन्द्र मिश्रकै नाम मात्र आयो अनि हाम्रा धेरै विवेक भएका उज्ज्वलजीहरूलाई सही नसक्नु भयो र अन्तत: विष ओकले ।
कुमार गैतम
यिनीहरू फुटेका होइनन्, २/४ महिना अलग मात्र बसेका हुन । किनभने एकले अर्कालाई दक्षिण पन्थी, दलाल भनेर आरोप नै लगाएका छैनन् ।
सुरज खनाल
नेपालमा पार्टी कम भएर धेरै बनाउन फुटेका होलान नि ।
निराजन थापा
घाम चर्केर हो, माटाको भाँडा काँचैमा फुटेको ।
राज शर्मा
औकात सबैले देखाउँछन, फरक यति मात्र हो— कसैले पहिले देखाए अनि यिनीहरूले अहिले ।
सरे देवकोटा
अण्डा र नरिवल भन्ने चिज फुटेपछि नै काम आउँछन् नि, त्यसैले ।
आशिष भट्टराई