साप्ताहिक संवाददाता
माघ १४, २०७५
संसारको सबैभन्दा सानो गाई कत्रो होला ? हाम्रो सोचमा कुकुरजत्रो वा केही ठूलो ? तर अमेरिकाको मिसीसिपीमा संसारकै सबैभन्दा सानो गाईको बाच्छी फेला परेको छ ।
उक्त बाच्छीको तौल जम्मा साढे ४ किलो छ । अहिले त्यो गाईलाई मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटनरीमा राखिएको छ । गाईको मालिकले पहिले उक्त गाईको वजन निकै कम भएको देखेपछि उपचारका लागि भेटनरी पुर्याएका थिए ।
भेटनरीमा सामान्य जाँच गर्दा गाई स्वस्थ तन्दुरुस्त भेटिएपछि उक्त गाईको जीनसम्बन्धी अध्ययन थालिएको छ । उक्त गाईलाई भेटनरीका कर्मचारीहरूले लिटिल बिल नाम दिएका छन् ।