साप्ताहिक संवाददाता
एक म्यूजिक भिडियोमा अभिनय गर्दै नेपाली संगीतमा देखा परेका थिए विषम गौतम । उनी पछिल्लो समय गीत लेखनमा पनि देखिएका छन् । उनको शब्द रहेको गीत ‘झुम्के बुलाकी’ निक्कै लोकप्रिय बन्यो । अमृत खाती र सिर्जु अधिकारीले केहि समय अघि गाएको उक्त गीत माथि कभर भिडियो निर्माण भएको छ ।
मकवानपुरमा पछिल्लो समय चर्चामा रहेको डान्स ग्रुप ‘द हेटौंडा क्रियु’ ले यो गीतको कभर भिडियो निर्माण गरेको हो । यो गीतको म्यूजिक भिडियोमा भने सिर्जुसँग विषमलेनै अभिनय गरेका गिए । गीतको कभर भिडियोमा भने ‘द हेटौंडा क्रियुका विष्णु, अमित, दिपक, दिलिप, कृष्ण, बिसु, अनिता, सन्ध्या र प्रियंकाले नृत्य गरेका छन् ।
हेटौंडाका बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको भिडियोमा विष्णु ठकुरीको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा आशिष लामा, सुजन मग्राती र मिलन श्रेष्ठको छायांकन रहेको छ ।
झुम्के बुलाकीको कभर भिडियो :