साप्ताहिक संवाददाता
सुन्दरता र अभिनयका हिसाबले दीपिका पादुकोणको चर्चा सधैं हुन्छ । बर्सेनि हिट चलचित्र दिएकाले दीपिकाको लोकप्रियता बढ्दो छ । दीपिका आफूलाई फिट एन्ड फाइन राख्न नियमित रूपमा जिम गर्छिन् भने खानपानमा हदैसम्म ध्यान दिन्छिन् । उनले नियमित सेवन गर्ने खानपानको मेन्यु सामान्य किसिमको छ ।
दीपिका बिहानको नास्तामा कम चिल्लो भएको एक गिलास दूध र दुई वटा अन्डा सेवन गर्छिन् ।
खाना अलिकति ढिलो खान्छिन् । मध्यान्हको खानामा उनी ग्रिल्ड माछासँग हरियो तरकारी सेवन गर्न रुचाउँछिन् ।
त्यसपछि बदाम र फिल्टर कफी पिउँछिन् । खाना खाएको केही घण्टापछि उनी ताजा फल तथा जुस पिउँछिन् ।
दीपिकालाई दक्षिण भारतीय परिकार मन पर्छ । उनलाई आलु भने खासै मन पर्दैन । दीपिका आलु नभएको डोसामा हरियो चटनीको साटो नरिवलको चटनी भए खुसी हुन्छिन् ।
डिनरमा दीपिका भात खाँदिनन् । उनलाई भातको सट्टा रोटी–हरियो तरकारी तथा सलाद चाहिन्छ ।