साप्ताहिक संवाददाता
माघ १६, २०७५
जीवनमा एकपटक गरिने विवाहलाई यादगार बनाउने प्रयासमा सबै वर–बधू हुन्छन् । विवाहलाई कसरी यादगार बनाउने भन्ने विषयमा पश्चिमी मुलुकका डिजाइनरहरू निरन्तर सक्रिय छन् । यसै क्रममा उनीहरूले दुलहीले लगाउने पहिरनलाई पारदर्शी बनाउन थालेका छन् ।
यस्ता पारदर्शी पहिरनले दुलाहालाई रोमाञ्चित तुल्याउने दाबी गर्दै दुलहीका ड्रेस डिजाइनरहरूको ध्यान पारदर्शी पहिरनमा केन्द्रित हुन थालेको हो ।
केही दुलहीले विवाहमा पारदर्शी पहिरन लगाउन रुचाउनुका साथै त्यो रोमाञ्चक भएको बताएकाले पनि सन् २०१९ मा थुप्रै दुलहीले लगाउने पहिरन पारदर्शी हुने अनुमान गरिन्छ ।