साप्ताहिक संवाददाता
माघ १७, २०७५
माइक्रोसफ्टले २०२० जनवरी १४ देखि विन्डोज–७ को एक्सटेन्डेड सपोर्ट अर्थात अपडेट बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले यसको मेनस्ट्रिम सपोर्ट अर्थात् यसमा नयाँ फिचर थप्ने कार्य पहिले नै बन्द गर्ने घोषणा गरेको थियो ।
सपोर्ट बन्द गरे पनि कम्प्युटरले पहिलेजस्तै काम भने गर्नेछ, तर यसमा सेक्युरिटी अपडेट भने हुनेछैन । विन्डोज–७ लाई इन्स्टल र एक्टिभ भने गर्न सकिनेछ । माइक्रोसफ्टले सेक्युरिटी रिस्क र भाइरसबाट बच्न विन्डोज–१० मा अपग्रेड गर्न सल्लाह पनि दिएको छ ।
नेपालमा अहिले पनि धेरैले विन्डोज–७ चलाइरहेका छन् । माइक्रोसफ्टले २०१५ मा विन्डोज १० अपरेटिङ सिस्टम लन्च गरेको थियो । चलाउन सहज भएकाले धेरैले विन्डोज–७ चलाइरहे पनि विन्डोज–१० मा थुप्रै सेक्युरिटी अपडेट उपलब्ध भएकाले यसैलाई चलाउन अनुरोध गरिएको छ ।