साप्ताहिक संवाददाता
माघ १७, २०७५
मलाइका अरोडा तथा अर्जुन कपुर विगतमा फाट्टफुट्ट भेट्थे । उनीहरू आफ्नो प्रेमलाई हदैसम्म लुकाउन खोज्थे । अब उनीहरू बिस्तारै थप खुल्दै गएका छन् । उनीहरू पछिल्ला केही महिना चलचित्र हेर्ने, डिनर तथा लन्च सँगै गर्ने तथा लङ ड्राइभमा सँगै घुम्न निस्कने गरेका छन् ।
हालसालै उनीहरूको एउटा रहस्यको खुलासा भएको छ । वेबदुनियाँ अनलाइनका अनुसार उनीहरू आगामी मार्चमा विवाह गर्ने तयारीमा छन् । मलाइका विवाहका लागि राजी भैसकेकी छिन् भने अर्जुनले विवाहको तयारी समेत थालेका छन् ।
अभिनेता अर्जुनले धूमधामका साथ विवाह गर्न खोजिरहेका छन् भने मलाइकाले भने गुपचुप विवाह गर्ने सोच राखेकी छिन् । स्रोतका अनुसार उनीहरूको विवाह पक्का भए पनि कसरी, कहाँ र कुन तरिकाले विवाह सम्पन्न गर्ने भन्ने कुराको निर्णय भने भैसकेको छैन ।