साप्ताहिक संवाददाता
एना पाउला सेस्पिडेस पेसाले पाइलट भए पनि उनको मोह भने बिकिनी लगाएर फोटो खिच्ने काममा छ । २१ वर्षीया एना अहिले पराग्वेको किंग एयरमा कार्यरत छिन् । एफ ९० को को–पाइलट तथा सेस्ना १५२ की पाइलट एनाको बिकिनी फोटो सुटलाई इन्स्टाग्राममा निकै रुचाइएको छ ।
विमान लिएर विभिन्न ठाउँमा पुग्ने क्रममा उनी बिकिनीमा फोटो सुट गरेर इन्स्टाग्राममा अपलोड गर्छिन् । इन्स्टाग्राममा ह्वात्तै फलोअर्स बढेपछि उनको सक्रियता समेत बढेको छ । एनाका ५१ हजारभन्दा बढी फलोअर्स कुनै न कुनै बेला उनले उडान भरेको विमानमा यात्रा गरिरहेका हुन्छन् ।
ती व्यक्तिसँग भेट हुँदा उनलाई रमाइलो लाग्ने गरेको छ । एना भन्छिन्— मैले चलाउने सानो विमानमा बढीजसो व्यापारी यात्रा गर्छन् । उनीहरू मेरो फोटोको प्रशंसा गर्छन् । एनाले केही समयअघि पराग्वेमा सम्पन्न सुपर मोडल प्रतियोगितामा भाग लिएकी थिइन् । उनको रुचि विमान उडाउनेबाहेक मोडलिङमा समेत छ ।