साप्ताहिक संवाददाता
मिस नेपाल इन्टरनेशसल–२०१२ शुभेच्छा खड्का आफ्नो डेब्यु चलचित्र रणवीरप्रति आशावादी छिन् । ‘चलचित्रमा अभिनय गर्ने इच्छा पहिलेदेखि थियो । अफर पनि आएको हो, तर चित्त बुझेको थिएन, त्यसैले मिस नेपाल भएको लामो समयपछि चलचित्रमा आएँ’, पोखराका पत्रकारमाझ शुभेच्छाले भनिन् ।
यो चलचित्रको कथा उनलाई मन परेको थियो । राइट टिम, राइट स्क्रिप्टका कारण आफू यसमा काम गर्न तयार भएको शुभेच्छाले बताइन् । उनले भनिन्— चलचित्र राम्रो बनेको छ । यसबाट उत्साहित छु । शुभेच्छा चलचित्रमा आउन निकै मेहनत चाहिने कुरा बताउँछिन् ।
टिम वर्कका कारण पहिलोपल्ट चलचित्रमा काम गरे पनि आफूलाई असहज नभएको उनको दाबी छ । ‘अब भने निरन्तर चलचित्रमा काम गर्ने योजना छ,’ –शुभेच्छाले भनिन् । दर्शकको माया प्राप्त गर्न आफूले निकै मेहनत गरेको उनको भनाइ थियो ।
शुभेच्छा खड्काको डेब्यु चलचित्र रणवीर आजैबाट प्रदर्शनमा आएको छ ।